कोभिड-१९ विरुद्धको पूर्वसावधानी अपनाएर स्टार हस्पिटलमा सेवा प्रदान गरिँदै



Download our app to get more features

काठमाडौं, १८ असार । स्टार हस्पिटलले कोरोना भाइरस विरुद्धको लडाईंमा पूर्वसावधानी अपनाएर सेवा प्रदान गर्नका लागि छुट्टा छुट्टै विभागहरु सञ्चालन गरेको छ ।

सानेपामा रहेको हस्पिटलले कोरोना महामारी सुरु भएदेखि नै विशेष सावधानी अपनाएर सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएकोमा नमूना अस्पताल बनेको दावी गरेको छ ।

पिसिआर परीक्षणको लागि निजी तर्फ अनुमति पाउने पहिलो अस्पताल बनेको स्टारमा अस्पताल आउने बिरामी, बिरामीका आफन्त, चिकित्सक तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर फिभर क्लिनिक सञ्चालनमा ल्याएको र बिरामीहरुका लागि छुट्टै कोभिड वार्ड तथा आईसीयूको व्यवस्था गरेको छ ।

अस्पतालले कोभिड संकास्पद बिरामीका लागि आइसोलेशन वार्ड तथा आईसीयूको सुविधा, छुट्टै जनशक्ति परिचालन तथा संक्रमित बिरामी रहेको ठाउँहरु तथा प्रयोग गरेका सामानहरुको व्यवस्थापन सुरक्षित तरिकाले गर्ने व्यवस्था गरेको छ । साथै संक्रमितका आफन्त तथा बिरामीका सम्पर्कमा आएका चिकित्स र कर्मचारीहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्ने व्यवस्था पनि गरेको छ । 

स्टार हस्पिटलले देशकै नमूना स्वास्थ्य सेवा प्रदान गर्दै आएको भन्दै दैनिक एक हजार पिसिआर परीक्षण गर्न सक्ने क्षमताको प्रयोगशालामा जनशक्ति व्यवस्थापन गरेको बताएको छ । साथै कोभिड १९ म्यानजमेन्ट टिमलाई अस्पतालले धन्यवाद ज्ञापन गरेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts