ओम समाज डेन्टलले ल्यायो विभिन्न राहत दिने मुख स्वास्थ्य उपचार कार्यक्रम


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Mountain Heart Nepal

काठमाडौं, १ साउन । कोरोना भाइरस महामारीका कारण विश्वको अर्थतन्त्र नै प्रभावित बनेको बेला ओम समाज डेन्टल हस्पिटलले विभिन्न राहत दिने मुख स्वास्थ्य उपचार कार्यक्रम ल्याएको छ ।

आर्थिक कारणले दन्त्य उपचारबाट बञ्चित हुन नपरोस भनि ओम समाज डेन्टल हस्पिटलले कोरोनाको महामारीबाट मारमा परेका निम्न व्यक्ति, वर्ग तथा समुदायलाई लक्षित गरी राहत हुने खालको मुख स्वास्थ्यको कार्यक्रम ल्याएको हो ।

vayoda

Hamro Doctor Apps2

हस्पिटलले होटल एसोसिएसन, स्कुल कलेजका टिचर तथा कर्मचारी, सार्वजानिक यातायातका कर्मचारी, दैनिक ज्यालादारी गरी जीवन ज्ञापन गर्ने व्यक्ति व्यक्ति, वर्ग तथा समुदायले आफ्नो परिचय खुल्ने कागज पेस गरेमा यो मुख स्वास्थ्य उपचार राहत लिन पाउने व्यवस्था मिलाइएको अस्पताल प्रसाशनले जनाएको छ । 

लकडाउनको बेलापनि काठमाडौं उपत्यकामा दाँत दुख्ने समस्याले ग्रसित भएका असक्त, वृद्ध वृद्धा, तथा अन्य हस्पिटल आउन सम्भव नभएकालाई घरमै पुगेर सेवा प्रदान गरेको थियो ।
 
घर घरमा निःशुल्क दन्त सेवा कार्यक्रम अन्तर्गत अस्पतालले सामाजिक सेवाका लागि छुट्याएको २० प्रतिशत रकमबाटै निःशुल्क उपचार गर्दै उपचार खर्च, एम्बुलेन्स यातायात खर्च मात्रै नभएर औषधिसमेत निःशुल्क उपलब्ध गराएको थियो ।

Hamro Doctor
Last modified on 2020-07-16 18:09:22

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts