कर्मचारीमा कोरोना संक्रमणः जिल्ला प्रशासन दाङको सेवा बन्द



Download our app to get more features

दाङ, १६ भाद्र । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संकमण भएको छ । 

एक जना कर्मचारीलाई कोरोना पुष्टि भएसँगै शान्ति सुरक्ष र मुद्दा लगायतका अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मंगलबार एक विज्ञप्ती प्रकाशन गर्दै भाद्र १७ गतेदेखि अर्को सूचना जारी नभएसम्म जिल्ला प्रशासन कार्यालय दाङबाट दिदै आएको सेवा स्थगित गरिएको जनाएका छन् । 

समुदायमा कोरोना भाइरस संक्रमण देखिएपछि दाङमा आइतबार राती १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts