सरकारी चिकित्सक संघको चुनावी प्रक्रिया सुरु, नेपालमै पहिलो पटक अनलाईन मतदान हुने



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

काठमाडौं, १० साउन । सरकारी चिकित्सक संघ (गोदान) को चुनावी प्रक्रिया आजबाट सुरु भएको छ । 

साउन २४ गते हुन संघको चौथों चुनवाका लागि आजबाट उम्मेदवारी दर्ता सुरु भएको छ । सोमवार सम्म चुनावका लागि उम्मेदवारी दिन सक्ने समय तोकिएको संघका महासचिव डा. रविन खड्काले हाम्रो डाक्टर न्यूजलाई बताए ।

vayoda

Hamro Doctor Apps2

उनले सोमवार दिउँसोसम्म उम्मेदवारीको लागि समय तोकिएको र त्यहि दिन साँझसम्म अन्तिम नामावली प्रकाशन गरिने तयारी रहेको जानकारी दिए ।

कोरोना महामारीका कारण यसपटक अनलाईन मतदान हुने भन्दै उहाँले यो वर्ष अन्य चुनावको भन्दा बढी मत खस्ने अनुमान गरिएको बताए । डा खड्काले नेपालको इतिहासमै पहिलोपटक अनलाईन अधिवेशन हुने लागेको भन्दै आजसम्म अनलाईन अधिवेशन कसैले पनि नगराएको जानकारी गराए ।

दावी विरोधका लागि सोमवारसम्मको समय तोकिएको बताउँदै उनले शुक्रवारसम्म झन्डै साढे ५ सय जना मतदाताले नाम दर्ता गराइसकेको पनि बताए ।

उनले भने, ‘अरु बेलाको चुनावमा सबै मतदातालाई काठमाडौं नै आउनुपर्ने बाध्यता थियो भने यस वर्ष कोरोना महामारीको जोखिम हुँदा अनलाईन मतदान हुने हुँदा अन्य चुनावको भन्दा धेरै मत खस्ने अनुमान गरिएको छ ।’

यसपटकको चुनावमा अध्यक्ष पदका लागि डा समाज गौतम, डा रविन खड्का र डा दिपक थापा मगरले उम्मेदवारी दिने चर्चा छ । 

डा गौतम ट्रमा सेन्टरमा कार्यरत ९ औं तहका अर्थोपेडिक सर्जन हुन् भने डा खड्का ९ औं तहका रेडियोलोजिस्ट हुन् । यस्तै डा थापामगर ११ औं तहका कर्मचारी तथा सर्जन हुन् ।

यता महासचिव पदका लागि डा किर्तिपाल सुवेदी र डा विजय बाबुले उम्मेदवारी दिने चर्चा भइरहेको छ । डा सुवेदी प्रसुति गृहमा कार्यरत छन् । उनी १० औं तहका कर्मचारी हुन् । लामो सयमदेखि चिकित्सकको हकहितका लागि उनी सक्रिय पनि रहँदै आएका छन् भने डा विजय बाबु आठौं तहका वीर अस्पतालमा कार्यरत तथा अध्ययनरत सर्जन हुन् । 

अध्यक्ष, महासचिव लगायत को को उम्मेदवार बन्ने विषय आजै टुंगो लाग्ने बताइएको छ ।  

Hamro Doctor
Last modified on 2020-07-25 10:23:12

Kathmandu Cancer Center

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts