विश्व स्वास्थ्य संगठनलाई दिइने आर्थिक सहयोग ३० प्रतिशतले वृद्धि गर्ने बेलायतको तयारी



Download our app to get more features

एजेन्सी, ११ असोज । बेलायतका प्रधानमन्त्री बोरिस जनजनले विश्व स्वास्थ्य संगठनलाई दिइँदै आएको आर्थिक सहयोगमा वृद्धि गर्ने तयारी गरेका छन् ।

बेलायति समाचार संस्था ‘द गार्जियन’ का अनुसार प्रधानमन्त्री जोनसोनले संगठनलाई बेलायतले दिँदै आएको आर्थिक सहयोगमा ३० प्रतिशतले वृद्धि गर्ने तयारी गरेको उल्लेख गरेको छ । 

विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग्गिएपछि बेलायतले यदि संगठनको आर्थिक सहयोगमा वृद्धि गर्यो भने बेलायत सबैभन्दा ठूलो आर्थिक सहयोग गर्ने मुलुक बन्नेछ ।

संयुक्त राष्ट्र संघको साधारणसभामा जोनसनले कोरोना भाइरस विरुद्ध अन्तर्राष्ट्रिय स्तरको लडाईंमा भएको कमीकमजोरीलाई हटाउने बताएका छन् । 

कोरोना भाइरसको संकट कालमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमाथि चीनको प्रभावमा भ्रष्ट बनेको आरोप लगाउँदै संगठनबाट आफूलाई अलग गरिसकेको छ । संगठनलाई सबैभन्दा ठूलो आर्थिक सहयोग गर्ने मुलुक अमेरिका हो ।
 
बेलायतले ३० प्रतिशत रकम वृद्धि गरेपछि वर्षेनी संगठनलाई ३० अर्ब रकम दिनेछ । तर, बेलायतले आर्थिक रकम वृद्धि गरेपछि संगठनसँग विशेष अधिकारको माग गर्न सक्ने अनुमान पनि गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts