भारतीय पूर्व क्रिकेटर कपिल देव अस्पताल भर्ना



Download our app to get more features

भारत, ८ कात्तिक । भारतीय पूर्व क्रिकेटर कपिल देव अस्पताल भर्ना भएका छन् ।

भारतीय क्रिकेट टीमका पूर्व कप्तान समेत रहेका कपिल देवलाई शुत्रवार हृदयघात भएको थियो ।

हृदयघात पछि उनलाई दिल्लीस्थित फोर्टिस इस्कर्टस् हर्ट इन्स्टिच्यूटमा भर्ना गरिएको छ ।

कपिल देवले भारतलाई सन् १९८३ मा पहिलो पटक विश्व कप क्रिकेटको उपाधि दिलाउने कप्तान पनि हुन् ।

भारतका विभिन्न नेता, कलाकारहरु, विशिष्ट व्यक्तिहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts