सबै नागरिकलाई कोरोनाको खोप लगाउन भारत सरकारले ८० हजार करोड लगानी गर्ने



Download our app to get more features

भारत, ७ कात्तिक । भारत सरकारले कोरोना विरुद्धको खोपका लागि ८० हजार करोड लगानी गर्ने भएको छ ।

एक सय ३० करोड जनसंख्याका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउनका ८० हजार करोड लगानी गर्ने भारत सरकारले निर्णय गरेको छ । एक व्यक्तिलाई खोप दिनका लागि ३ सय ८५ रुपैयाँ खर्च हुने सरकारको अनुमान छ ।
 
सरकारका अनुसार हरेक व्यक्तिलाई कोभिड १९ को खोपको दुई वटा डोज दिइने छ । एक डोजका लागि १ सय ५० रुपैया लागत लाग्ने छ । त्यसबाहेक बाँकी स्टोरेज, ट्रान्सपोर्टेशन आदि समेत एक व्यक्तिलाई कोभिड–१९ को खोपको इन्जेक्सन दिँदा ३ सय ८५ रुपैयाँ खर्च हुनेछ । 

सरकारको एक समितिले दिएको जानकारी अनुसार भारतमा कोरोनाको पिक समय समाप्त भइसकेको र फरवरी २०२१ सम्म नियन्त्रणमा आइसक्ने छ । 

विश्वका विभिन्न मुलुकमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण जारी छ । भारतमा पनि सीरम इन्स्टिच्यूट र डा. रेड्डीज लेबोरेटरीजद्वारा कोभिड १९ को खोपको परीक्षण जारी छ ।

भारतमा हालसम्म ७७ लाखभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् । पछिल्लो २४ घन्टामा ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यस्तै हालसम्म भारतमा कोरोना संक्रमणका कारण एक लाख १७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts