काठमाडौंमा भाडामा बस्नेलाई पराइको व्यवहार नगरौँ : प्रवक्ता गौतम



Download our app to get more features

काठमाडौं, १० असोज । सरकारले बाहिरी जिल्लाबाट काठमाण्डौ उपत्यकामा आएका व्यक्तिलाई पीसीआर परीक्षणका लागि दबाब नदिन घरबेटीलाई आग्रह गरेको छ । 

आफ्नो कामका लागि उपत्यकामा आएकाहरुलाई घरबेटी, छिमेकी तथा समुदायका व्यक्तिले पीसीआर परीक्षणका लागि बाध्य बनाउने गरेको गुनासो आएको भन्दै सरकारले यस्तो नगर्न आग्रह गरेको हो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोठामा बस्ने मानिस पनि त्यो घरको सदस्य जस्तै हुने र उनीहरुले तिरेको पैसाबाट घरबेटीको गर्जो टर्ने गरेकोले अप्ठ्यारो अवस्थामा पराइको व्यवहार नगर्न आग्रह गरेकाहुन् ।  

उनले कोरोना भाइरस शरीरमा प्रवेश गरेको पाँच दिनपछि परीक्षण गर्दा मात्र नतिजा थाहा हुने भन्दै यात्रा गर्नासाथ गरिएको परीक्षणको अर्थ नहुने बताए । उनले आफ्नो घर वा टोलछिमेकमा आउने व्यक्तिलाई दुई हप्तासम्म कोठामा छुट्टै बस्ने वातावरण दिएर लक्षण देखिएमा मात्र परीक्षण गर्न लगाउन आग्रह गरेकाछन् । 

अहिले पीसीआर परीक्षणका लागि रातभरि झरीमा रुझ्दै लाइन बस्नु परेको प्रति दुस्ख व्यक्त गर्दै प्रवक्ता गौतमले यस्तो अवस्था आउन नदिन महामारीमा एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा जोड दिए । कसैलाई कोरोना सङ्क्रमणसँग मिल्दो लक्षण देखिएमा वडा कार्यालयलाई खबर गर्न आग्रह गर्दै वडा कार्यालयले परीक्षणलगायत आवश्यकता अनुसार आइसोलेशनको व्यवस्था गर्ने उनले बताए । 

 अहिले यात्रा गर्दा कोरोना सङ्क्रमणको जोखिम उच्च हुने भएकोले यो बेलामा सकेसम्म यात्रा नगर्न प्रवक्ता गौतमले अनुरोध गरेकाछन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts