रुपन्देहीमा शनिवार ६६ जना नयाँ कोरोना संक्रमित थपिए



Download our app to get more features

रुपन्देही, ११ असोज । रुपन्देहीमा शनिवार ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

शनिवार जिल्लाभर २१ महिला र ४५ जना पुरुष गरि थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिकामा १३ जना, तिलोत्तमा नगरपालिकामा ८ जना, देवदह नगरपालिकामा ४ जना, सुद्धोधन र मायादेवी गाँउपालिकामा २/२ जना तथा ओमसतिया गाँउपालिका र सैनामैना नगरपालिकामा १/१ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका अधिकृत एवं कोरोना फोकल पर्शन केदारनाथ साहले बताए ।

जिल्लामा २४ सय ५० जनामा संक्रमण पुष्टि हुँदा १७ सय २६ कोरोना भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

Last modified on 2020-09-27 07:40:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts