नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणपछि मृत्यु



Download our app to get more features

नेपालगञ्ज, ११ असोज । नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित कर्मचारीको मृत्यु भएको छ। 

 नेपालगञ्ज उपमहानगरपालिका ९ निवासी ४७ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको बाँके जिल्ला कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले बताएकाहुन् ।  
भदौ ३१ गते कोरोना पुष्टि भएका उनलाई सोही दिन बेलुका अस्पताल भर्ना  गरिएको  थियो। कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका उनलाई प्लाज्मा थेरापी, रेम्डेसिभिर औषधि समेत चलाइएको थियो। तर फोक्सोमा कडा निमोनिया भएका उनको उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए।

मृतक नेपालगञ्ज मेडिकल कलेजको प्रशासन फाँटमा कार्यरत कर्मचारी हुन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts