विश्वभर कोरोना संक्रमित पौने करोड नाघे



Download our app to get more features

एजेन्सी, २९ जेठ । विश्वभरमा कोरोना संक्रमितको संख्या पौने करोड नाघेको छ । विहीबार साँझसम्ममा ७५ लाख ३४ हजार तीन सय ९१ पुगेको वल्र्डोमिटरले देखाएको छ । 

यस्तैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या पनि चार लाख २० हजार भन्दा बढी पुगेको छ । कोरोना संक्रणबाट मुक्त हुनेको संख्या ३८ लाख १९ हजार भन्दा बढी पुगेको छ । 

कोरोना संक्रमणबाट सबै भन्दा बढी प्रभावित अमेरिका बनेको छ । यहाँ २० लाख ७४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने आठ लाख भन्दा बढी उपचाररत छन्् । यस्तै, कोरोना संक्रमण कै कारण एक लाख १५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन । दोस्रो नम्बरमा ब्राजिल कोरोनाबाट बढी प्रभावित भएको देखिएको छ । यहाँ पौने आठ लाख भन्दा बढी संक्रमित हुनुका साथै ४० हजारभन्दा बढीले ज्यान गुमाइ सकेको तथ्यांक सार्वजनिक भएको छ । यस्तै गरी तेस्रो नम्बरमा रसिया र चौथो नम्बरमा भारत प्रभावित भएका छन् । भारतमा दुई लाख ९७ हजारभन्दा बढी संक्रमित भएका छन भने रसियामा पाँच लाख दुई हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भएको छ । यस्तै पाँचौ नम्बरमा रहेको बेलायतमा दुई लाख ९१ हजार भन्दा बढी संक्रमित भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts