कोरोना भाइरसको स्वरुप परिवर्तन, ९९ दशमलव ९ प्रतिशतले संक्रमित हुने दर बढ्योः अध्ययन



Download our app to get more features

एजेन्सी, १२ असोज । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस पछिल्लो समय म्यूट हुँदै गएको र यसैका कारण नयाँ संक्रमितको दरमा वृद्धि भएको एक अध्ययनले देखाएको छ ।

वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको नयाँ स्वरुपले मास्क लगाउने र भौतिक दुरी कायम गर्ने सम्बन्धी नियमले कुनै प्रभाव पार्ने छैन । 

वाशिङ्गटन पोस्टमा प्रकाशित रिपोर्टका अनुसार अहिलेसम्मकै सबैभन्दा ठूलो आनुवांशिक अध्ययनमा अमेरिकाको टेक्सासको ह्यूस्टनमा कोरोना संक्रमणको दोस्रो चरणको लहरको क्रममा ९९ दशमलव ९ प्रतिशत केस कोरोनाको नयाँ म्यूटेशन D614G रहेको पत्ता लागेको छ । 

कोरोना भाइरसको नयाँ स्ट्रेन D614G लाई लिएर पहिले पनि केही तथ्यहरु फेला परेको थियो । तर, नयाँ अध्ययनमा वैज्ञानिकहरुले नयाँ म्यूटेशनको बारेमा थप जानकारी दिएको छ । 

ःभमच्हष्ख जर्नलमा नयाँ अध्ययन प्रकाशित गरिएको छ । नयाँ म्यूटेशनलाई अत्यधिक संक्रामक तर तुलनात्मक रुपमा कम खतरनाक र मृत्यु गराउने रहेको बताइएको छ ।
 
कोरोना भाइरसले आफूलाई नयाँ वातावरण अनुसार परिवर्तन गरिसकेको छ र यसले भौतिक दुरी कायम र मास्क लगाउने सम्बन्धी नियमलाई पनि कुनै फरक नपार्ने अध्ययनकर्ताको भनाइ छ ।

अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजका भाइरोलोजिस्ट डेविड मरेन्सले नयाँ भाइरस अत्यधिक संक्रामक हुन सक्नेछ जसले कोरोनालाई नियन्त्रणमा लिनका लागि गरिने प्रयासमाथि प्रभाव पार्न सक्ने उल्लेख गरेका छन् ।

अध्ययनका अनुसार कोरोनाको नयाँ म्यूटेशनले स्पाइक प्रोटिनको संरचनामा परिवर्तन ल्याउने काम गर्छ । यस क्रममा भाइरसकोे कुल ५ हजार ८५ सिक्वेन्सको अध्ययन गरिएको थियो । जसबाट पत्ता लाग्यो की कोरोनाको पहिलो लहरको क्रममा मार्चमा ७१ प्रतिशत केस नयाँ म्यूटेशनयुक्त रहेको थियो । तर, मे महिनामा दोस्रो लहरको क्रममा नयाँ म्यूटेशनयुक्त केसको संख्या ९९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।
 
अमेरिकाको शिकागो यूनिभर्सिटी र टेक्सास यूनिभर्सिटीको टोलीले गरेको अध्ययनमा नयाँ म्यूटेशनले संक्रमित मानिसमा भाइरल लोड अत्यधिक हुने गरेको जसका कारण मानिसहरु बढी संक्रमित हुन सक्ने पनि उल्लेख गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts