लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features
Spark_health_home

रुपन्देही, १२ कात्तिक । लुम्बिनी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रुपन्देहीका एक पुरुष र पाल्पाकी एक महिला रहेका छन् ।

vayoda

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो भने पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

दुवै जनाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

बुटवलको कोरोना अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts