अमेरिकामा दिमाग खाने किरा 'अमेबा'को आतंक



Download our app to get more features

एजेन्सी, असोज १२ । अमेरिकामा दिमाग खाने किरा अमेबाले आतंक मच्चाएको छ । यो शरीरमा प्रवेश गरेपछि व्यक्तिको मृत्यु नै हुने गरेको बताइएको छ ।

गत ८ सेप्टेम्बरमा एक अमेरिकी बालिकाको अमेबा किराको टोकाईकै कारण मृत्यु भएको पुष्टी भएपछि अमेरिकाको ८ वटा शहरमा अलर्ट नै जारी गरिएको छ ।

घरमा वितरण गरिने पानी र समुद्रमा पाइने यस किराका कारण टेक्ससकी ६ बर्षीया बालिकाको मृत्यु भएपछि उच्च सतर्कता अपनाउन सचेत गराइएको हो ।

ती शहरहरुमा घरमा वितरण गरिने पानी प्रयोग नगर्न चेतावनी दिइएको छ । ती बालिका झाडी भएको ठाउँमा खेल्न गएको समयमा अमेबा उनको शरीरमा प्रवेश गरेको हो वा घरको पानी मार्फत प्रवेश गरेको हो भन्ने पत्ता लगाउन अनुसन्धान जारी रहेको अमेरिकी संचारमाध्यमले जनाएकाछन् ।

यसअघि, गत अगस्टमा पनि फ्लोरिडाका १३ बर्षीया एक बालिकाको पनि अमेबा संक्रमणकै कारण मृत्यु भएको थियो । अमेरिकामा सन् १९६२ देखि सन् २०१८ सम्ममा १ सय ४५ जनाको यसैका कारण मृत्यु भइसकेको छ ।

Last modified on 2020-09-28 11:15:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts