भक्तपुरमा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु



Download our app to get more features

भक्तपुर, १ कात्तिक । करोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक संक्रमितको होम आइशोलेसनमै ज्यान गएको छ ।

दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।
मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए ।

Last modified on 2020-10-17 20:43:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts