चितवनमा थप १ सय ४१ जनामा काेराेना संक्रमण पुष्टि, भरतपुरमा मात्रै ८० जना थपिए



Download our app to get more features

 चितवन, २ कार्तिक । चितवनमा थप १ सय ४१ जनामा काेराेना भाइरस (काेभिड–१९) संक्रमण पुष्टि भएकाे छ ।

भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) काे काेराेना प्रयाेगशालामा शुक्रवार गरिएकाे परीक्षणमा थप १ सय ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

जसमध्ये एक सय जना जिल्ला भित्रका छन् भने ४१ जना बाहिरी जिल्लाका छन् ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ८० जना, रलनगर नगरपालिकाका ९ जना, खैरहनीका ४ जना, राप्तीका ३ जना, कालिका, ईच्छाकामना र माडीका समान १/१ जना रहेका छन्‌ ।

त्यस्तै गोर्खाका ३ जना, लमजुङका १, मकवानपुरका ४ जना, नवलपुरका १९, रुपन्द्रेहीको २ जना रहेका छन्‌ ।

त्यसैगरी सर्लाही, तनहुँ, मोरङ, रौतहट, सुर्खेत, कपिलबस्तु, काठमाडौँ, महोत्तरी, गुल्मी, कास्की,घनुषा र धादिङका समान १/१ जना रहेका छन्‌ ।

चितवन मेडिकल कलेज (सीएमसी) ले शुक्रवारकाे नतिजा शनिवार बेलुकी बल्ल सार्वजनिक गरेकाे हाे । यस प्रयाेगशालामा ३ सय ७२ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती १ सय ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । बाँकीकाे भने रिपोर्ट नेगेटिभ आएकाे छ ।

Last modified on 2020-10-18 08:36:39

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts