राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना



Download our app to get more features

काठमाडौ, १ कात्तिक । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् ।

थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएवपछि अस्पताल भर्ना गरिएको हो ।

उनको आईसीयूमा उपचार भइरहेको ओम अस्पतालले जनाएको छ । अहिले ज्वरो नियन्त्रणमा आएको अस्पतालले जनाएको छ । साथै श्वासप्रश्वासमा पनि समस्या आएको छैन । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts