बाँकेमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु



Download our app to get more features

काठमाडौं, १४ असोज । बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा नेपालगन्ज उपमहानगरपालिक १ की ३५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा त्यसै दिन कोरोना परीक्षण गर्दा भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार थालिएको थियो ।

अस्पतालका अनुसार उपचारकै क्रममा बुधबार दिउँसो २ः१५ बजे उनको मृत्यु भएको हो । उनी केही समयदेखि मधुमेह, उच्च रक्तचाप र हाइपोथाइराइडिज्म रोगबाट ग्रसित थिइन् ।

Last modified on 2020-09-30 19:56:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts