नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघ्यो



Download our app to get more features

काठमाडौं, ९ जेठ । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना पुरुष, डडेल्धुराका एक जना २८ वर्षीय पुरुष, बैतडीका २२ वर्षीय पुषरु रहेको बताए ।

यस्तै बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा १४ जना र मोरंगमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

यस्तै कोरोनाका कारण संक्रमित भएकामध्ये हालसम्म ७० जना स्वस्थ भएर घर फर्केका छन् । जसमा सबैभन्दा धेरै प्रदेश १ मा २६, प्रदेश २ मा ६, बागमति प्रदेशमा ९, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २२ र सुदूरपश्चिममा ५ जना उपचारपछि घर फर्किएको प्रवक्ता डा.देवकोटाले बताए ।

Last modified on 2020-05-22 16:45:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts