'कोरोना उपचारमा ४५ डेडिकेटेड अस्पताल र हरेक क्वारेन्टाइनमा तीन जना स्वास्थ्यकर्मी छुट्टाएका छौं'


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ४५ अस्पताललाई कोरोना उपचार विशेष अस्पतालको रुपमा विभाजन गर्नुका साथै हरेक क्वारेन्टाइनमा समेत तीन जना स्वास्थ्यकर्मी छुट्टाएको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

यस्तै कोरोना पुष्टि भएका व्यक्तिहरुलाई स्वास्थ्यसम्बन्धी निगरानी तथा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयोजनका लागि मुलुकभर ११ चैत ०७६  सम्ममा  देशभरका विभिन्न अस्पतालम एक हजार तीन सय ६८ आइसोलेसन बेड तयार रहेको उनको भनाइ थियो । हाल ६ हजार ६ सय ७१ आइसोलेसन बेड र त्यसमा तीन हजार दुई सय ६० संक्रमितको उपचार भइरहेको उनले सदनलाई जानकारी दिए ।  उनले भने, ‘कोरोना भाइरस (कोभिड १९) को उपचारका लागि ४५ डेडिकेटेड अस्पतालमा प्रति अस्पताल २२ स्वास्थ्यकर्मीका हिसाबले नौ सय९०, स्थानीय तहमा तीन जनाका दरले एक हजार ७५ केस इन्भेस्टिगेसन र कन्ट्रयाक टे«सिङ गर्ने समुहका लागि तीन हजार दुई सय २५ स्वास्थ्यकर्मी र स्वास्थ्य स्वंयमसेवक परिचालन गरिएको छ । तीन हजार सात सय ६७ क्वारेन्टाइनमा तीन जनाका दरले ११ हजार तीन सय एक स्वास्थ्यकर्मीको प्रबन्ध गरिएको छ । कोरोना बारे चेतना अभिवृद्धि गर्न ५१ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिएको छ ।’

vayoda

Hamro Doctor
Last modified on 2020-06-11 16:03:00

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag