धनगढीमा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा कसैमा देखिएन कोरोना


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

धनगढी, ११ असार । असार लागेपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ह्वात्तै बढेमा पछिल्लो २४ घण्टामा भने कसैमा पनि संक्रमण देखिएको छैन्।

धनगढीमा रहेको प्रयोगशालमा २४ घण्टामा भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ८३ जनाको कोरोना परीक्षण भएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको बताए।

vayoda

काठमाडौँमा भएको परीक्षणको रिपोर्ट भने साढे चार बजे सार्वजनिक हुनेछ। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार पाँच सय ४९ पुगिसकेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय आठ जनामा कोरोना पुष्टि भएको छ।  यस्तै डोटीमा दुई सय नौ, डडेल्धुरामा दुई सय पाँच, कञ्चनपुरमा एक सय ९४, बैतडीमा एक सय ६०, अछामका एक सय १२, बाजुराका एक सय, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७६ जना निको भएर घर फर्किसकेका छन्।

Hamro Doctor
Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts