कसरी गर्ने रक्तदान ?


Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

आधुनिक चिकित्सामा जतिसुकै विकास भएपनि हालसम्म रगत कृत्रिम तरिकाले बनाउन सकिएको छैन। त्यसैले आवश्यक व्यक्तिलाई रगत दिनुपरेमा रक्तदान नै एकमात्र उपाय हो।

मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमितरूपमा भइरहन्छ। त्यसैले त्यत्तिकै खेर जाने रगत नियमित रक्तदान गर्दा केही फरक पर्दैन अर्थात् कुनै हानी हुँदैन।

vayoda

Hamro Doctor Apps2

स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रम भन्दा रक्तदान आयोजना गर्न, व्यवस्थापन गर्न तुलनात्मकरूपमा सजिलो छ। बैंक, सहकारी, रेडक्रस, क्लब आदिले विभिन्न कार्यक्रममा रक्तदान गराउने कारण यो पनि हो।

रक्तदान कस्ता व्यक्तिले गर्ने ?


रक्तदान गर्ने व्यक्तिको उमेर १८ देखि ६० वर्ष हुनुपर्छ भने रक्तदाताको तौल ४५ किलोग्राम माथिको हुनुपर्छ।
रक्तदातामा मलेरिया, कुनै प्रकारको यौनरोग, जन्डिस, चिनी रोग, एड्स, क्षयरोग लागेको हुनुहुँदैन। रक्तदान गर्दा रक्सी वा अन्य कुनै

लागूपदार्थ सेवन गरेको हुनुहुँदैन।

त्यसैगरी रक्तदाताले पछिल्लो तीन महिना रक्तदान नगरेको हुनुपर्छ।

गर्भवती, स्तनपान गराइरहेकी सुत्केरीको ६ महिनासम्म, महिनावरी भइरहेकाले पनि रक्तदान गर्नुहुँदैन। रक्तदान गर्ने बेलामा रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन। रक्सी सेवनको २४ घण्टाभित्र रक्तदान गर्नुहुँदैन।


एकपटकमा केवल ३५० मिलिलिटर मात्र निकाल्ने गरिन्छ। जुन कुल तौलको २०औं भाग मात्र हो। रक्तदान गरेपछिको २४ घण्टाभित्र शरीरको तरल भागले भए पनि परिपूर्ति गर्छ।

यसरी संकलित रगत ब्लड बैंकमा ३–४ सातासम्म सुरक्षित राख्न सकिन्छ।

रक्तदान गर्नु तीन घण्टाअगाडि पोषिलो खाना खानु राम्रो हुन्छ। त्यसैगरी रक्तदान गरेपछि खाजा तथा जुस खुवाउने चलन राम्रो हो।

रक्तदान सम्बन्धी कतिपय गलत धारणा व्याप्त छ। यदि झोलिलो तथा पौष्टिक खानेकुरा खाएमा रक्तदानपछि कुनै थकाइ लाग्दैन। रक्तदानकै कारणले रगत कम हुँदैन।

रक्तदान गरेपछि के फाइदा हुन्छ ?

हामीले गरेको रक्तदान कुनै सङ्घरसंस्थाको लागि नभएर हाम्रो समाजमा मरणावस्थामा रहेका बिरामीहरूको लागि हो। हाम्रो शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्छ भने यो नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। त्यसैले सबैभन्दा ठूलो उपलब्धि र आत्मसन्तोष रक्तदान गर्नु हो।

साथै रक्तदाताहरूलाई रक्तसञ्चार सेवासंग आबद्ध सङ्घ–संस्थाहरूले विभिन्न तरिकाबाट सम्मान गर्दछन् भने रक्तदान नगर्नेको तुलनामा रक्तदान गर्ने व्यक्तिहरू शारिरीक रूपले पनि स्वस्थ रहेको शोध कार्यबाट पाइएको छ।

राजाराम ढकाल स्वास्थ्यकर्मी हुन् र सिर्जनसिल हेल्थ केयर डाइग्नोस्टीक सेन्टर प्रा लिमा कार्यरत छन् ।

Last modified on 2020-08-06 07:38:37

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts