नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको दर शून्य दशमलव २ प्रतिशतः स्वास्थ्य मन्त्रालय

२४ घन्टामा थपिए ३ सय ८१ जना नयाँ सङ्क्रमित



Download our app to get more features

काठमाडौं, २१ साउन । नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो समय थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोनाका सङ्क्रमितपछि मृत्यु हुनेको दर शून्य दशमलव २ प्रतिशत रहेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा थप ३ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै डा गौतमले नेपालमा हालसम्म कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २१ हजार ३ सय ९० पुगेको जानकारी दिए ।

उनले पछिल्लो २४ घन्टामा एक सय ३० जना कोरोना सङ्क्रमित निको भएको र नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको पनि बताए । उनले नेपालमा कोरोना सङ्क्रमित भएकाहरुमध्ये निको हुनेको दर ७० दशमलव ८ प्रतिशत रहेको उल्लेख गरे । 

यस्तै हालसम्म ४ लाख १२ हजार ९ सय ५३ पिसिआर परीक्षण गरिएको जसमा २१ हजार ३ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै डा गौतमले यो दर नेपालको कुल जनसंख्याको एक दशमलव ४ प्रतिशत रहेको बताए ।

यस्तै हालसम्म नेपालका ७७ मध्ये ७ जिल्ला कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको छ । कोरोना सङ्क्रमण मुक्त हुने जिल्लामा खोटाङ्ग, धनकुटा, भोजपुर, संखुवासभा, मनाङ्ग, मुस्ताङ्ग र रुकुम पश्चिम रहेका छन् ।

Last modified on 2020-08-05 16:52:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts