भरतपुरमा गरिएको परीक्षणमा एकैदिन ९३ जनामा कोरोना संक्रमण पुष्टि 



Download our app to get more features

चितवन, ११ असार । भरतपुरमा गरिएको परीक्षणमा एकैदिन ९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुरमा बुधवार गरिएको परीक्षणमा पाल्पा जिल्लाका विभिन्न स्थानका गरि ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनका अनुसार संक्रमित हुनेहरूमा ८ देखि ५१ वर्षसम्मका ८७ जना पुरूष र ६ जना महिला रहेका छन् ।

बुधवार चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट २६, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) बाट १६, भरतपुर अस्पतालबाट १५, चितवन मेडिकल कलेजबाट ४ र पुष्पाञ्जली हस्पिटलबाट २  वटा नमुनाको परीक्षण गरिएको थियो । त्यस्तैगरि, पाल्पाको मात्रै २ सय ३४ वटा नमुना परीक्षण गरिएकोमा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनमा अहिलेसम्म गरिएको परीक्षण मध्ये एकैदिन यति धेरै जनाको पोजिटिभ रिपोर्ट आएको यो नै पहिलो रेकर्ड हो ।

बुधवार प्रयोगशालामा जम्मा २ सय ९७ वटा नमूना परीक्षण गरिएकोमा बाँकी अन्य २ सय ४ वटा रिपोर्ट भने नेगेटिभ आएको पौडेलले बताए । उनीहरूको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।

चितवनको कोरोना प्रयोगशालामा चितवन, धादिङ, सल्यान, नवलपुर, अर्घाखाँची, नुवाकोट, कपिलवस्तु, मकवानपुर, पाल्पालगाएतका जिल्लाहरूबाट आएका नमुनामा कोरोना परीक्षण हुने गरेको छ ।

Last modified on 2020-06-25 09:17:59

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts