सुदूरपश्चिममा क्वारेन्टाइनबाट घर पठाइएका २५० भन्दा बढीमा कोरोना पुष्टि


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

धनगढी, ११ असार । सुदूरपश्चिम प्रदेशमा परीक्षणविनै क्वारेन्टिनबाट घर पठाइएका व्यक्तिमा कोरोना संक्रमण देखिन थालेको छ। लकडाउनकै बीचमा भारतबाट फर्किएर १४ दिन क्वारेन्टाइन बसाईपछि पिसिआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका व्यक्तिमा संक्रमण देखिन थालेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयले २९ जेठमा १४ दिन क्वारेन्टिनमा बसेकालाई लक्षण नदेखिए घर पठाउन स्थानीय तहलाई निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार प्रदेशका नौ जिल्लामा रहेका ३५ हजार भन्दा बढीलाई घर पठाइएको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी क्वारेन्टाइनबाट घर पठाइएका दुई सय ५० भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ।
कैलालीका विभिन्न स्थानीय तहमा एक सय ३५, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ५८, डोटीको शिखर नगरपालिकाका १५, बैतडीको शिवनाथ गाउँपालिकाका १७, कञ्चनपुरको लालझाडी गाउँपालिकाका १४ लगायत विभिन्न स्थानीय तहका क्वारेन्टिनबाट घर गएपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो। ‘१४ दिनसम्म कसैमा पनि कोरोनाको लक्षण देखिएन्,’ गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले भने, ‘डाक्टरको सल्लाह अनुसार नै हामीले उनीहरुलाई घर पठाएका थियौँ। केही दिनमा रिपोर्ट पोजेटिभ आईदियो।’

vayoda

लक्षण नदेखिएकालाई क्वारेन्टाइनबाट धमाधम घर पठाउने काम जारी रहँदा यसले संक्रमण समुदायस्तरमा फैलिन योगदान गरिरहेको चिकित्सक बताउँछन्। सबै मानिसमा भाइरलको मात्रा फरक–फरक हुने बताउँदै सेती अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्माले भने, ‘भाइरल मात्रा बढी भएको मानिस कहिले लक्षणविहिन हुनसक्छ। त्यसैले परीक्षण रिपोर्ट आएपछि मात्रै घर पठाउँदा उचित हुन्छ।’

Hamro Doctor
Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag