सुदूरपश्चिममा रित्तिन थाले क्वारेन्टाइन



Download our app to get more features

धनगढी, २७ असार । भारतबाट फर्किने क्रम घटेसंगै सुदूरपश्चिम प्रदेशमा स्थापना गरिएका क्वारेन्टाइन रित्तिन थालेका छन् । प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा चार हजार ८ सय ३४ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् । जेठ महिनायता मात्रै सुदूरपश्चिमका विभिन्न क्वारेन्टिनबाट झण्डै एक लाख नागरिकलाई घर पठाईएको सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयको दावी छ । 

अहिले सबैभन्दा बढि कञ्चनपुरमा दुई सय ४४ महिला र ८ सय ७५ पुरुष गरी एक हजार एक सय १९ जना क्वारेन्टाइन रहेका छन् । यस्तै कैलालीमा एक हजार ५१ जना, बझाङमा पाँच सय ३८, डोटीमा पाँच सय ३७, बैतडीमा पाँच सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अछाममा तीन सय ४९, दार्चुलामा तीन सय सात, डडेल्धुरामा दुई सय ५१ र बाजुरामा एक सय ६३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार सुदूरपश्चिममा ६२ हजार बढि अटाउने एक हजार पाँच सय ८० वटाक्वारेन्टाइन बनाईएको छ । क्वारेन्टाइन खाली भएपछि अहिले अधिकासं क्वारेन्टाइनमा संक्रमितलाई राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले लक्षण नदेखिएका संक्रमितलाई स्थानीय तहकै क्वारेन्टाइनमा राखिएको जानकारी दिए । उनका अनुसार विगतमा स्थापना गरिएका क्वारेन्टाइनलाई नै अहिले आइसोलेशनमा परिणत गरिएको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts