गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, संख्या ११ सय नाघ्यो



Download our app to get more features

पोखरा, २७ असार । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ सङ्क्रमित फेला परेका हुन् । 

शनिवार नयाँ सङ्क्रमित पुष्टि हुने जिल्लामा तनहुँ, म्याग्दी, स्याङ्जा, बाग्लुङ जिल्लाका रहेका छन् । 

तनहुँमा ब्यास नगरपालिकाका ३५ वर्षका एक जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका ३३ वर्षका  एकजना पुरुष छन् । त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा २ जना सङ्क्रमित फेला परेका छन् । उनीहरु दुवै ३० बर्षका पुरुष हुन् ।  नयाँ सङ्क्रमित हुनेमा स्याङ्जाका ३ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकाका हुन् । उनीहरु क्रमशः २९, १९ र २० वर्षका पुरुष हुन् ।  

त्यस्तै, बागलुङको बडिगाड गाउँपालिकाका १९ वर्षका एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । गल्कोट नगरपालिकाका २५ र ३५ वर्षका २ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा पोखरा महानगरका २५ र ८५ वर्षका २ जना पुरुष छन्  ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । प्रदेशभरि कोरोनालाई जितेर घर फर्किनेमा ६ सय ३३ जना छन्  ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts