नेपालमा थपिए ७० जना कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ३८ पुग्यो 



Download our app to get more features

काठमाडौं, २७ असार । नेपालमा कोरोना थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा मात्र ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १६ हजार ७ सय १९ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । 

यस्तै पछिल्लो २४ घन्टामा ४ सय ३१  जना डिस्चार्ज भएको र निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको पनि उनले बताए ।

प्रवक्ता डा गौतमले नेपालमा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए । मृत्यु हुनेहरुमा काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

Last modified on 2020-07-11 19:39:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts