सुदूरपश्चिममा स्वास्थ्य बीमा गराएका बीमितलाई औषधि पाउनै मुस्किल



Download our app to get more features

धनगढी, २७ असार । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ धनचौरीका महादेव महरा बिहीवार बिहान १० बजे सेती प्रादेशिक अस्पताल पुगे । कब्जियत भएपछि उनी उपचारका लागि सेती अस्पताल आएका थिए ।

डक्टरले स्वास्थ्य परीक्षण गरेपछि औषधि लेखिदिए । २०७० सालमा स्वास्थ्य बीमा गरी नविकरण समेत गर्दै आएका महरालाई अस्पतालको फार्मेसीले आवश्यक औषधि नभएको प्रतिकृया दियो । उनको खल्तीमा चार सय रुपैया मात्र थियो ।

धनचौरी फर्किन मात्र भएका उनलाई ५० रुपैयाँ चाहिन्छ । आर्थिक अभावमा नीजि फार्मेसीबाट औषधि खरिद गर्न महरालाई सम्भव भएन । ‘स्वास्थ्यमा समस्या भएपछि सेती प्रादेशिक अस्पताल आएको थिए तर एउटा ट्यावलेट पनि पाएनन् । बाहिरबाट किन्न पैँसा भएन ।’ महराले भने, ‘बीमा गरेवापत औषधि पाउने विषयमा बीमा कम्पनीमै गएर बुझ्नुस भन्यो ।’

सेती प्रादेशिक अस्पतालको फार्मेसीका कर्मचारीले राष्ट्रिय बीमा बोर्ड सुदूरपश्चिमलाई सम्पर्क गर्न सुझाव दिदै बीमितलाई फिर्ता पठाउने गरेका छन् । बीमितहरुले एक लाख सम्मको औषधि निःशुल्क पाउँने भएपनि सेतीको फार्मेसीबाट औषधि पाउन समस्या हुने गरेको गुनासो गरिएको हो ।

औषधि स्टोरमा भएपनि सेती प्रादेशिक अस्पतालको फार्मेसीका कर्मचारीले सकिएको प्रतिक्रिया दिने गरेको खुलको छ । यता सेती प्रादेशिक अस्पतालको फार्मेसीका ईन्चार्ज भरत कुवँरले भने ती बिरामी आएको समयमा फार्मेसीमा औषधि सकिएको दावी गरे ।

‘त्यती बेला सकिएको रहेछ । मलाई खबर भएन । को बीमामा छ छैन् थाहा हुँदैन् भीडभाडमा छैन् भनेका रहेछन् कर्मचारीहरुले’ उनले भने । अस्पतालहरुले बीमितहरुलाई औषधि सकिएको भन्दै फिर्ता पठाउने गरेको गुनासो बीमा बोर्ड समक्ष पटक–पटक पुगेको छ । तर समस्या समाधानका लागि ध्यान दिईएको छैन् । राष्ट्रिय बीमा बोर्ड सुदूरपश्चिम प्रमुख जनक साउँदले सेती प्रादेशिक अस्पतालले विभिन्न बहाना देखाएर बीमितहरुलाई औषधि नदिने गरेको गुनासो बेला बखत आउने गरेको बताए ।

अस्पताललाई बीमितहरुलाई निःशुल्क उपलब्ध गराउने औषधिको व्यवस्था गर्न अनुरोध समेत गरिदै आएको बताउँदै साउँदले तर खासै सुनवाई नहुने समस्या रहेको जनाए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts