लोमशका दुई औषधि बिक्रि वितरणमा रोक 



Download our app to get more features

काठमाडौं, २४ असार । लोमश फर्मास्युटिकल्सका दुई औषधि बिक्रि वितरणमा रोक लगाइएको छ। 

औषधि व्यवस्था विभागले बजार अनुगमनाको क्रममा संकलन गरिएका औषधिको नमुनाको परीक्षण गर्दा दुई किसिमका औषधि न्यून गुणस्तरको पाइएको बताएको छ। ब्याच नं एमटिटी–०९१७ को मेट्रोनिडाजोल ट्याबलेट बिपी ४०० एमजी र ब्याच नं. सिटी–१०१९ को प्यारासिटामोल ट्याबलेट बिपी ५०० एमजीको औषधिमा रोक लगाइएको हो।

 ती औषधिहरु ऐन २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न विभागले अनुरोध गरेको छ।  

साथै सबै विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आयातकर्ता तथा तिनका आधिकारिक प्रतिनिधिहरुको जानकारी दिन भन्दै विभागले सूचना निकालेको छ। उक्त औषधिहरु सिफारिस, बिक्रि वितरण तथा प्रयोग नर्गन र नगराउन समेत अनुरोध गरिएका छ।
 

Last modified on 2020-07-08 08:55:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts