अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा चितवनबाट चार डाक्टर पक्राउ



Download our app to get more features

काठमाडौं, २७ असार ।  प्रहरीले चितवनको पुरानो मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ ।  अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायत रहेको स्रोतकाले बताएको छ  ।
 प्रहरीले  जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ ।

उक्त विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ ।

त्यस कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले जनाएको छ। सो मुद्दामा उनीहरु सम्लग्न भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ ।

Last modified on 2020-07-11 21:09:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts