दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट थप ८ जना डिस्चार्ज



Download our app to get more features

दाङ, १६ जेठ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरुले कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन् । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए । ‘हामीहरु धेरै खुशी भएका छौं” उनले भने ‘हामीले पहिलो पटक कोरोना विशेष अस्पतालबाट ८ जनामा कोरोना भाइरस निस्कृय पारेर घर पठाएका छौं ।” 

कोरोना निको भएर घर जानेमा बाँकेका ३ जना, कपिलवस्तुका ४ जना र दाङ गढवा गाँउपालिकाका एक जना रहेका छन् । उनीहरुलाई औपचारिक कार्यक्रम गरेर विदाई गरिएको वलीले बताए ।  

कोरोना विशेष अस्पतालमा ४५ जना संक्रमति मध्ये ८ जना निको भएपछि अब अस्पतालमा ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Last modified on 2020-05-29 15:01:34

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts