अपडेट

कोरोना संक्रमणका कारण ब्राजिलमा मृत्यु हुनेको संख्या स्पेनको भन्दा बढी



Download our app to get more features

काठमाडौं, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिका अलग्एिको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले विश्व स्वास्थ्य संगठनसँगको सबै किसिमको सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्व स्वास्थ्य संगठनले चीनसँग मिलेर कोरोना महामारी फैलाएको भन्दै संगठनसँगको सम्बन्ध अन्त्य गर्दै अमेरिका अलग्एिको घोषणा गरेका हुन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग यसअघि नै बन्द गरिसकेको थियो । अमेरिका विश्व सस्वास्थ्य संगठनको सबैभन्दा ठूलो आर्थिक सहयोग गर्ने मुलुक हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई लिएर संगठनले चीनको साथ दिएको र चीनकै कारण कोरोना संक्रमण फैलिएको आरोप लगाउँदै आएका छन् । अमेरिका कोरोना भाइरसका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म १७ लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् भने एक लाख ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वका दुई मुलुकमा मृत्यु हुनेको दरमा वृद्धि आएको छ । विश्वकै दोस्रो कोरोना प्रभावित ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा पछिल्लो २४ घन्टामा ११ सय २४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ हजार ८ सय ७८ पुगेको छ । यस्तै, रूसमा पनि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ३२ ले बढेको छ । योसँगै रुसमा रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार ३ सय नाघेको छ । रुस विश्वकै तेस्रो कोरोना संक्रमित मुलुक हो । जहाँ हालसम्म ३ लाख ८७ हजारभन्दा बढी कोरोनाका कारण संक्रमित भएका छन् । 

ईरानमा फेरि कोरोना भाइरसका कारण संक्रमितको संख्यामा बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा मात्रै इरानमा २८ सय १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ईरान स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहाँपुरले पछिल्लो २४ घन्टामा ५० जनाको मृत्यु भएको बताए । उनले इरानमा मृत्यु हुनेको संख्या ७ हजार ६ सय ७७ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ४६ हजार ६ सय नाघेको छ । ईरान सरकारले लकडाउनमा छुट दिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ६० लाख २६ हजार नाघेको छ । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार नाघेको छ । संक्रमित भएकामध्ये झन्डै २६ लाख ५५ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-05-31 15:04:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts