भारतको राजधानी दिल्लीमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्यो



Download our app to get more features

एजेन्सी, २९ जेठ । भारतको राजधानी नया दिल्लीमा एकै दिन १३ सय ६६ कोरोना संक्रमित थपिएका छन् । योसहित दिल्लीमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार तीन सय नौ पुगेको छ । यसमध्ये नौ सय पाँच जनाको ज्यान गइसकेको छ । 

दिल्ली सरकारको स्वास्थ्य विभागद्वारा जारी विज्ञप्ति अनुसार मंगलबार एकै दिन १३ सय ६६ कोरोना संक्रमित थपिएका हुन् । यस्तै दिल्लीमा १८ हजार पाँच सय ४३ जना संक्रमितको उपचार भइरहेको छ घने ११ हजार आठ सय ६१ जना कोरोनामुक्त भइसकेका छन् । विभागले बुधबारको भने कुनै पनि तथ्याक सार्वजनिक गरेको छैन ।  

दिल्लीबासीले दिल्लीको आगामी अवस्था चीनको वुहान या भारतकै मुम्बइको जस्तो हुने हो की भनेर चिन्ता जताउन थालेका छन् । भारतको व्यापारीक केन्द्र मुम्बइमा ५२ हजार भन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् । दिल्लीमा पनि पछिल्लो केही दिनयता निरन्तर बढीरहेको संक्रमण दरले उनीहरुले यस्तो आशंका गरेका हुन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts