अपडेट

ताञ्जानिया सरकारद्वारा कोरोना भाइरसमुक्त भएको घोषणा

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, २८ जेठ । अफ्रिकि मुलुक ताञ्जानिया कोरोना भाइरसमुक्त घोषणा भएको छ । ताञ्जानियाका राष्ट्रपति जन मागुफुलीले मुलुकलाई कोरोना भाइरसमुक्तम भनेर घोषणा गरेका छन् । उनले भगवानको आशिर्वादले ताञ्जानिया कोरोना भाइरसमुक्त भएको भन्दै चर्चमा गएर ताञ्जानियालाई कोरोना भाइरसमुक्त घोषणा गरेका हुन् । तर, उनले आफ्ना नागरिकलाई भने सावधानी अपनाउन भनेका छन् । राष्टिर्पति मागुफुलीले कोरोना भाइरस महामारी विरुद्धको लडाईंमा अग्रस्थानमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ताञ्जानियामा २९ अप्रिलदेखि हालसम्म कोरोना भाइरसलाई लिएर कुनै तथ्यांक सार्वजनिक गरिएको छैन । अन्तिम पटक जब ताञ्जानियामा कोरोनाको तथ्यांक सार्वजनिक गरिएको थियो त्यो बेला कोरोना भाइरसका कारण ताञ्जानियामा २९ जनाको मृत्यु भइसकेको र ५ सय ९ जना संक्रमित थिए । त्यसपछिको तथ्यांक ताञ्जानिया सरकारले सार्वजनिक गरेको छैन ।

भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७ट हजार नाघेको छ । पछिल्लो २४ घन्टामा भारतमा ९ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २ सय ७४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय नाघेको छ । भारतमा सबैभन्दा बढी राजधानी दिल्ली, महाराष्ट्र, गुजरात, राजस्थान र तमिलनाडु प्रभावित भएको छ ।


ब्राजिल सरकारले कोरोना भाइरस संक्रमण सम्बन्धी तथ्यांक फेरि सार्वजनिक गरेको छ । मंगलवार ब्राजिलको सर्वोच्च अदालतले आदेश जारी गरेसँगै ब्राजिल सरकारले संक्रमित र मृत्यु हुनेको तथ्यांक सार्वजनिक गर्न लागेको हो । यसअघि सोमवार विश्व स्वास्थ्य संगठनलेपनि ब्राजिल सरकारलाई कोरोना भाइरससँग सम्बन्धीत तथ्यांक नलुकाउन र पारदर्शी रुपमा सार्वजनिक गर्न भनेको थियो । दुई दिन पहिले ब्राजिलको स्वास्थ्य मन्त्रालयले आधिकारिक वेबसाइटबाट कोरोना संक्रति बिरामीसँग सम्बन्धीत तथ्यांक हटाउन आदेश दिएको थियो । ब्राजिलमा कोरोना भाइरस संक्रमणको संख्या दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गएको र मृत्यु हुने दरपनि बढ्दै गएपछि ब्राजिल सरकारले तथ्यांक लुकाएपछि उसको आलोचना भएको थियो । ब्राजिल विश्वकै दोस्रो कोरोना संक्रमि मुलुक हो । जहाँ हालसम्म ७ लाख ४२ हजार संक्रमित भएका छन् भने ३८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

ल्याटिन अमेरिकन मुलुक पेरूमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख लाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पेरुमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म २ लाख ३ हजार नाघिसकेको छ । ल्याटिन अमेरिकन मुलुक ब्राजिलपछि पेरु सबैभन्दा बढी कोरोना भाइरसका कारण प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसका कारण ५ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 

कोरोना भाइरसका कारण बेलायतमा संक्रमित हुनेको संख्या २ लाख ९० हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार बेलायत विश्वकै दोस्रो प्रभावित मुलुक हो जहाँ हालसम्म कारोना भाइरस संक्रमणका कारण ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमित हुनेको संख्याका अनुसार बेलायत विश्वको चौथों प्रभावित मुलुक हो । यसैबीच बेलायत सरकारले कोरोना भाइरस महामारीका बीच लकडाउनलाई थप खुकुलो बनाएको छ । आउने सोमवारदेखि बेलायतमा अत्यावश्यक बाहेकका पसलहरुपनि खोल्न सकिनेछ । तर, सरकारले बनाएको मापदण्ड र निर्देशिकालाई भने अबलम्बन गर्नुपर्नेछ । सरकारले निर्धारण गरेको मापदण्ड उल्लघंन गर्नेलाई भने कारबाही गरिनेछ । साथै सामाजीक भौतिक दूरी कायम गरि रेस्टुरेन्ट र होटलपनि खोल्ने तयारी बेलायत सरकारले गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts