निजी अस्पतालबाट पनि कोरोनाको सफल उपचार 



Download our app to get more features

काठमाडौं, ३० जेठ । धुम्बाराहीस्थित  हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड  सर्जरी (ह्याम्स) ले कोरोना भाइरस (कोभिड–१९) बिरामीको सफल उपचार गरेको छ । 

२० जेठमा कास्कीका ६० वर्षीय पुरुषको पोखराबाट हेलिकोप्टरमा उद्धार गरि अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । त्यसयता उनलाई  भेन्टिलेटरमा राखेको र सफल उपचारपछि ३० जेठमा डिस्चार्ज गरेको अस्पतालले जनाएको छ । 

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको ‘अत्याधुनिक सघन उपचार कक्ष (आइसियु) मा भेन्टिलेटरमा राखेर उहाँको सफल उपचार गर्यौ । उपचारमा सम्लग्न सम्पुर्ण चिकित्सक, नर्सलगायत प्यारामेडिक्सका साथै व्यवस्थापनमा संलग्न चुस्त दुरुस्त व्यवस्थापकीय टीमको सहयोग, सहकार्य र समन्वयका कारण उपचार गर्न सफल भएकोमा गौरवान्वित भएका छौं ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एवं नेपाल सरकारको मापदण्डमा रहेर कोभिड–१९ संक्रमितको उपचार गरिएको हो ।
 

Last modified on 2020-06-12 17:01:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts