ब्राजिललाई कोरोना भाइरस सम्बन्धी तथ्यांक सार्वजनिक गर्न डब्लूएचओको अपिल



Download our app to get more features

काठमाडौं, २७ जेठ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी फैलिएको कोरोना महामारीको स्थितिलाई लिएर चिन्ता व्यक्त गरेको छ । केहि देशहरुमा संक्रमणको अवस्था स्थिर रहेपनि पहिलेको तुलनामा हालसम्म कोरोना संक्रमितको दर विश्वभर तीव्र गतिमा बढ्न थालेकोभन्दै संगठनले चिन्ता व्यक्त गरेको छ । संगठनका प्रमुख डा. टेड्रोस अधोनोम घेब्रियेससले १० मध्ये ९ दिनमा एक लाखभन्दा बढी संक्रमित विश्वभर थपिएको र भाइरस झन् खतरनाक भएर आउन थालेको बताए । उनले जतिपनि नयाँ संक्रमित थपिएका छन् ती मात्र विश्वका १० मुलुकका रहेको र त्यसमा ७५ प्रतिशत संक्रमितहरु अमेरिका र दक्षिण एसियाली मुलुकका रहेको बताए । डा. ट्ड्रोसले केहि मुलुकमा संक्रमणको अवस्था सकारात्मक भएपनि अन्य मुलुकमा अवस्था गम्भीर रहेको बताए । ंविभिन्न अध्ययनपछि विश्वका एक चौथाई मानिस संक्रमणको अति संवेदनशिल अवस्थामा रहेको पनि उनले उल्लेख गरे ।

यसैबीच, विश्व स्वास्थ्य संगठनले ब्राजिल सरकारलाई कोरोना भाइरस संक्रमितको तथ्यांक सार्वजनिक गर्न आग्रह गरेको छ ।  संगठनले ब्राजिललाई सत्यतथ्य तथ्यांक सार्वजनि गर्न र पारदर्शी तरिकाले सबैलाई जानकारी दिन भनेको छ । ब्राजिल विश्वकै दोस्रो कोरोना संक्रमित मुलुकको जहाँ ६ लाख ९१ हजारभन्दा बढी संक्रमित छन् भने ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलले कोरोना संक्रमणलाई नियन्त्रण गर्न नसकेको भन्दै आलोचना समेत भइरहेको छ ।

विश्वकै चौथो कोरोना संक्रमित मुलुक बेलायतमा कोरोना भाइरसको संक्रमणको दर अझै रोकिएको छैन । बेलायत सरकारका अनुसार बेलायतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८८ हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगेको छ । बेलायत स्वास्थ्य मन्त्रालयका सचिव म्याट ह्यान्ककले साताको अन्त्यसम्मा बेलायतका केही राज्यमा कोरोना संक्रमितको दर उच्च र केहि राज्यमा न्यून रहेको बताए । उनले वृद्धाश्रम र स्याहार केन्द्रमा रहने व्यक्ति र त्यहाँ काम गर्ने व्यक्ति बढी जोखिममा रहेकाले अब उनीहरुको पनि कोरोना परीक्षण गरिने बताए ।  ह्यान्ककका अनुसार यदि कोरोना भाइरस संक्रमणको अर्को चरण आयो भने त्यसले मुलुकको अर्थव्यवस्थालाई ठूलो क्षति हुनेछ । जसले मुलुकमा बेरोजगारी र गरिबीको अवस्था उत्पन्न हुुन सक्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts