चितवनको माडीस्थित क्वारेन्टाइनमा रहेका आठ जनामा कोरोना संक्रमण पुष्टि


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

चितवन, ३० जेठ । चितवनमा गरिएको कोरोना परीक्षणमा माडीका आठ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । माडी नगरपालिकाका १९, २५, २७,२७, ३४, ४५, ४७,५१, बर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । 

२८ र २९ जेठमा ल्याबमा लगिएका एक सय ९७ नमूना परीक्षणमा आठ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । बाँकी अन्य १८९ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरूको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।

vayoda

Hamro Doctor
Last modified on 2020-06-12 15:35:07

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag