भरतपुरमा गरिएकाे परीक्षणमा चितवनका १२ सहित ३४ जनामा काेराेना संक्रमण पुष्टि 



Download our app to get more features

चितवन, १२ असार । भरतपुरमा गरिएको परीक्षणमा चितवनका १२ सहित ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

चितवनको माडी नगरपालिकाका ४९, ६३, २६, ४५, ५२, १७, २५, २०, १७ वर्षीय गरि ९ जना पुरुष, भरतपुर महानगरपालिका-१६ का २१ वर्षीय १ पुरूष, भरतपुर महानगरपालिका-१५ कि ३७ वर्षीया १ महिला, रत्ननगर नगरपालिकाकी २७ वर्षीया १ महिला गरि चितवनका जम्मा १२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

उनका अनुसार अन्य संक्रमित हुनेहरूमा नवलपुरको गैंडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२, २५ वर्षीय गरि ७ जना पुरुष, सोहि जिल्लाको कावासोती नगरपालिकाका २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५, १८ वर्षीय १२ जना पुरुष र ३७, २५ वर्षीया २ महिला अनि चितवन मेडिकल कलेजमा उपचाररत गोदावरी ०७ का ५० वर्षीय १ जना पुरूष रहेका छन् ।

सुचना अधिकारी पौडेलले संक्रमितहरु मध्ये एक जना चितवन मेडिकल कलेजमा उपचाररत बिरामी छन् भने अरु सबै जना क्वारेन्टाइनमा रहेका र  क्वारेन्टाइनमै उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

बिहिवार प्रयोगशालामा २ सय १४ वटा नमूना परीक्षण गरिएकोमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको र बाँकी अन्य १ सय ८० वटा रिपोर्टमा कोराना नभएको पुष्टि भएको उनले जानकारी दिए । 

उनीहरूको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।

Last modified on 2020-06-26 08:37:27

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts