अपडेट

भारतमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपको जनावरमा परीक्षण पूरा

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, २६ असार । अन्तर्राष्ट्रिय दातृ निकाय अक्सफामले भोकमरीका कारण प्रत्येक दिन १२ हजार मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएको छ । अक्सफामले गरेको अध्ययनअनुसार सन् २०२० को अन्त्यसम्म कोभिड–१९ सँग सम्बन्धीत भोकमरीका कारण प्रत्येक दिन १२ हजार मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिइएको छ । अक्फामका अनुसार कोरोना महामारीका कारण उत्पन्न बेरोजगारी, खाद्य उत्पादनमा समस्याका कारण भोकमरी बढ्नेछ । कङ्गो, अफगानिस्तान, भेनेजुएला, पश्चिमी अफिकी मुलुक इथियोपिया, दक्षिणी सूडान, सीरिया, हाइटी लगायतका मुलुक भोकमरिको उच्च  जोखिममा रहेको पनि अध्ययनमा उल्लेख गरिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का लागि भारतले दुई वटा खोपमाथि काम गरिरहेको बताएको छ । बिहिवार कोरोना भाइरस सम्बन्धी जानकारी दिने क्रममा स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर भारत बायोटेक इन्टरनेशनल लिमिटेड र क्याडिला हेल्थ केयरले दुई वटा स्वदेशी खोप बनाउने काम गरिरहेको जानकारी दिएको हो । यी दुबै खोपको जनावरमाथि परीक्षण पूरा भइसकेको पनि बताइएको छ । मन्त्रालयका अनुसार अब यी दुबै खोपको मानव परीक्षणको तयारी भइरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले १५ अगस्तसम्म स्वदेशमै कोरोना भाइरस विरुद्धको खोप सार्वजनिक गर्ने दावी गरे अनुसार खोपको परीक्षणले तीव्रता पाएको हो । तर, विशेषज्ञहरुले भने १५ अगस्तमै सार्वजनिक गरिने खोपमाथि आशंका जनाएका छन् ।

इटलीमा फेरि कोरोना भाइरसको संक्रमणमा तीव्रता आएको छ । कोरोना भाइरसको संक्रमणको बढ्दो दरका कारण इटली सरकारले कडाई गर्न सुरु गरेको छ । इटली सरकारले १३ मुलुकबाट आउने नागरिकमाथि फेरि प्रतिबन्ध लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इटलीको स्वास्थ्य मन्त्रालयले प्रतिबन्ध लगाएको मुलुकहरुमा अरमेनिया, बहराइन, बंग्लादेश, ब्राजिल, बोस्निया, चिली, कुवेत लगायतका छन् । जहाँ कोरोना संक्रमणको उच्च जोखिम छ । इटलीका स्वास्थ्य मन्त्री रोबेर्टो स्पेर्नजÞाले पछिल्लो केही दिनदेखि एक सयभन्दा बढीका दरले कोरोना संक्रमित फैलिन थालेको भन्दै केहि मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको बताए ।

अमेरिकामा एकैदिन ६५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार पछिल्लो २४ घन्टामा अमेरिकामा ६५ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । एकैदिन भेटिएको यो संख्या हालसम्मकै धेरै संख्या हो ।

दक्षिण अफ्रिकामा एकैदिन १३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दक्षिण अफ्रिकी सरकारका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ६ सय ७४ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । यो संख्या एकैदिन भेटिएको हालसम्कै धेरै संख्या पनि हो । योसँगै दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ३ सय नाघेको छ भने मृत्यु हुनेको संख्या ३७ सय २० पुगेको छ ।

पछिल्लो ७ महिनादेखि फैलिएको कोरोना महामारीका कारण विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड २३ लाख ९० हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख ५७ हजार नाघेको छ भने संक्रमित भएकामध्ये ७२ लाख २१ हजारभन्दा बढी स्वस्थ भएका छन् । 

Last modified on 2020-07-10 10:47:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts