अपडेट

रौतहटमा एकै पटक २६ जनामा कोरोना संक्रमण पुष्टि

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, १२ जेठ । रौतहटमा एकै पटक २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा र धनुषामा गरि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु रौतहट राजपुर फरहदवा २, ६ र ८ का तथा इशनाथ २ का क्रमशः १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षका पुरुषहरु रहेका छन् । धनुषाको नगराईन नगरपालिका ३ का ३० वर्षीय र बारा कलैयाका २५ वर्षीय पुरुषहरु रहेका छन् ।  योसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या २ सय ९ पुगेको छ । यस्तै पर्साको नारायणी अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । वैशाख २१ र २४ गते एकै परिवारका १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । ४ महिने शिशुदेखि ६६ वर्षीय वृद्ध कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर फर्किनेको संख्या १ सय ५ पुगेको छ ।

कोरोना भाइरसलाई लिएर अमेरिका र चीनको तनाव बढ्दै गएको छ । कोरोना भाइरसको विषयमा दुबै मुलुक एक अर्कामाथि आरोप प्रत्यारोपमा व्यस्त छन् । आइतवार चीनका विदेश मन्त्री वाङ्ग यीले कोरोना भाइरसको विषयमा अमेरिकाले झुुठो कुरा फैलाएको आरोप लगाएका छन् । उनले अमेरिकाका केही राजनीतिक शक्तिले चीन र अमेरिकाबीचको सम्बन्धलाई आफ्नो फाइदाका लागि गलत दिशामा लगिरहेको भन्दै दुवै मुलुकलाई शीत युद्धमा धकेलिरहेको बताए । यसैबीच, चीनले विश्वमै नयाँ किर्तिमान कायम गरेको छ । चीनको वुहानमा आइतवार एकैदिन १० लाखभन्दा बढी मानिसको कोरोना टेस्ट गरिएको छ । न्युक्लिक ऐसिड टेस्ट सुरु गरेको चीनकाले पछिल्लो २ दिनदेखि लगातार संख्या बढाउँदै गएको छ । शनिवार मात्रै वुहानमा १४ लाख मानिसमा यो परीक्षण गरिएको थियो । 

युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा लकडाउन हटाउने तयारी भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले महामारीलाई अन्त्य गर्नका लागि बेलायत तयार रहेको भन्दै मुलुकमा जारी लकडाउन हटाउने योजना बनाइएको बताए । उनले आउने दिनमा देशमा लगाइएको लकडाउनमा राहत दिँदै १ जुनदेखि विद्यालयहरु खोलिने पनि बताए । जोनसनले कोरोना भाइरसको भ्याक्सिनका लागि रकम जुटाउने विषयमा ४ जुनमा भर्चुअल सम्मेलनको आयोजना गरिने जानकारी गराए । बेलायत विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो जहाँ कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ११८ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ हजार ८ सय ७५ पुगेको छ ।

अमेरिकी विश्वविद्यालय जोन हपकिन्सका अनुसार विश्वका १० प्रभावित मुलुकमा भारत पनि सहभागि भएको छ । विश्वविद्यालयको तथ्यांक अनुसार भारतले ईरानलाई पछि पार्दै विश्वकै १० कोरोना प्रभावित मुलुक बनेको हो । शनिवारसम्म ईरान दशौं स्थानमा थियो भने आइतवार ईरान ११ औं स्थानमा झरेको छ । इरानमा कोरोना भाइरसका कारण १ लाख ३३ हजार ५ सय १२ जना संक्रमित भएका छन् भने भारतमा एक लाख ३८ हजार ५ सय ३६ जना संक्रमित भएका छन् । तर, कोरोना भाइरसका कारण मृत्यु हुनेमा भने ईरान नै भारतभन्दा अगाडी छ । भारतमा कोरोनाका कारण ४ हजार २४ जनाको मृत्यु भएको छ भने ईरानमा ७ हजार ४ सय १७ जनाको मृत्यु भइसकेको छ ।

विश्वविद्यालयका अनुसार आइतवारसम्म विश्वभर कोरोना भाइरसका कारण ५५ लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । यस्तै कोरोनाका कारण ३ लाख ४६ हजार भन्दा बढीको मृत्यु भएको छ भने २३ लाख २ हजारभन्दा बढी संक्रमित स्वस्थ भएका छन् । 

विश्वका १० मुलुक जहाँ सबैभन्दा बढी कोरोना संक्रमित छन् 
१) अमेरिका – १६ लाख ८६ हजार ४ सय ३६ संक्रमित, ९९ हजार ३ सय मृत्यु 

२) ब्राजिल – ३ लाख ६३ हजार ६ सय १८ संक्रमित, २२ हजार ७ सय १६ मृत्यु 

३) रूस – ३ लाख ४४ हजार ४ सय ८१ संक्रमित, ३ हजार ५ सय ४१ मृत्यु 

४) बेलायत – २ लाख ५९ ५५९ संक्रमित, ३६ हजार ८ सय ७५ मृत्यु 

५) स्पेन – २ लाख ८२ हजार ८ सय ५२ संक्रमित, २८ हजार ७ सय ५२ मृत्यु 

६) इटली – २ लाख २९ हजार ८ सय ५८ संक्रमित, ३२ हजार ७ सय ८२ मृत्यु 

७) फ्रान्स – १ लाख ८२ हजार ५ सय ८४ संक्रमित, २८ हजार ३ सय ६७ मृत्यु

८) जर्मनी – १ लाख ८० हजार ३ सय २८ संक्रमित, ८ हजार ३ सय ७१ मृत्यु 

९) टर्की – १ लाख ५६ हजार ८ सय २७ संक्रमित, ४ हजार ३ सय ४० मृत्यु 

१०) भारत – १ लाख ३८ हजार ५ सय ३६ संक्रमित, ४ हजार २४ मृत्यु 

Last modified on 2020-05-25 12:38:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts