चितवनमा उपचाररत पाँचै कोरोना संक्रमित भारतबाट आएका व्यक्ति



Download our app to get more features

चितवन, १० जेठ । चितवनमा हाल ५ जना कोरोना संक्रमितहरु उपचाररत छन् ।

पूर्वी नवलपरासी (नवलपुर) का दुईजना पुरूष र भरतपुर महानगरपालिका वडा नं. ६ का एकै परिवारका ३ जना सदस्य सहति जम्मा ५ जना कोरोना संक्रमितको चितवनमा उपचार भइरहेको भरतपुर अस्पतालले जनाएको छ । 

संक्रमित पूर्वी नवलपरासी (नवलपुर) को देवचुली नगरपालिका–१२ का ४९ वर्षिय पुरूष, सोहि जिल्लाको  विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षिय पुरुष र भरतपुर महानगरपालिका वडा नं. ६ का ५२ वर्षिय पुरूषको भरतपुर कोराना विशेष अस्थायी अस्पतालको आइसोलेसन वाडमा उपचार भइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

त्यस्तै, भरतपुर महानगरपालिका वडा नं. ६ का ७४ वर्षीया वृद्धालाई स्वासप्रस्वासमा केही समस्या देखिएपछि भरतपुर कोरोना अस्थायी अस्पतालको आइसोलेसनबाट ७३ वर्षिया श्रीमतीसहित भरतपुर अस्पतालको आइसोलेसनमा स्थानान्तरण गरिएको उनले बताए । शुक्रवार कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको उनीहरूलाई सोहि दिन बेलुका भरतपुर अस्पतालको आइसोलेसनमा सारिएको उनले जनाए । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको समेत उनले बताए ।

सबैजनाको चितवनमा रहेको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । संक्रमित पाँचैजना भारतबाट केही समयअघि नेपाल आएको पाईएको उनले बताए ।

यसअघि पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित २७ वर्षीय पुरूष वैशाख १३ गते र ६३ वर्षीया महिला वैशाख ३१ गते निको भएर घर फर्किसकेका छन् । उनीहरू एकै परिवारका आमा–छोरा हुन । उनीहरूको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेको क्याविनमा राखेर उपचार गरिएको थियो ।

चैत ३ गते बेलायतबाट नेपाल आएका उनीहरू चैत ५ गते सार्वजनिक यातायात मार्फत काठमाडौंदेखि चितवन घरसम्म आएका थिए । उनीहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षण रिपोर्टको आधारमा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । 

Last modified on 2020-05-23 19:52:02

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts