कर्णालीमा १८ जना थपिए कोरोना संक्रमित, कालिकोटमा पहिलो पटक देखियो संक्रमण


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, १८ जेठ । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयले आज बिहान आठ बजे सार्वजनिक गरेको विवरणअनुसार कर्णाली प्रदेशमा १८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण प्ष्टि भएको हो । 

vayoda

जुम्लास्थति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । जसमा दैलेखका १७ र कालिकोट एक जना गरि १८ जना रहेका छन् । यससँगै कर्णाली प्रदेशमा मात्र अहिलेसम्म कूल एक सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमितहरु कालिकोट शुभकालिका गाउँपालिकाका १९ वर्षका एक जना पुरुष, दैलेख नारायण नगरपालिकाका १६, १९, २९, ४८, १८, २४, २५, २८, ३५, देबलकाँडाका १८, २०, २०, २२, २२, सिमडाका २६, रातापानीका ३८ र साडुका २२ वर्षका १७ जना पुरुषहरु रहेका छन् ।

Hamro Doctor
Last modified on 2020-06-01 16:04:57

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts