प्रदेश २ मा एकैपटक ३८ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १४ जेठ । प्रदेश नम्बर २ मा एकै पटक ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहटमा २९ जना, बारामा ७ जना र सिरहामा २ जना गरि ३८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै प्रदेश २ मा मात्रै कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ भने नेपालमा ८ सय २१ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts