कोरोना विरुद्धको खोपको अन्तिम परीक्षणमा अमेरिकी कम्पनी मोडर्ना इन्क, जुलाईमा आउनेछ शुभ समाचार



Download our app to get more features

एजेन्सी, ३१ जेठ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको महामारीका विश्वका विभिन्न मुलुक कोरोना भाइरस विरुद्धको भ्याक्सिनको परीक्षण र विकासमा जुटेको छ । विश्वकै सबैभन्दा धेरै प्रभावित अमेरिकाले यसबीचमा कोरोना विरुद्धको खोपको अन्तिम परीक्षणमा पुगेको बताएको छ । अमेरिकी बायोटेक कम्पनी मोडर्ना इन्कले आफ्नो खोपकको अन्त्मि परीक्षण जुलाई महिलामा गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो टेस्टिङ्गको अन्तिम चरणमा पुगेको र जुलाई महिनामा ५० हजार मानिसमा कोरोना विरुद्धको खोप परीक्षण गर्ने छ ।

यसमध्ये केहि मानिसहरुलाई रियल शट दिइने छ भने केहीलाई डमी शट दिइने छ । जसले गर्दा दुबैमध्ये कुन समूहका मानिस बढी संक्रमित छन् त्यो पत्ता लगाउन सकिन्छ ।

क्याम्ब्रिज, म्यासाचुसेट्स स्थित बायोटेकका अनुसार यस अध्ययनको मुख्य लक्ष्य लक्षण भएका कोभिड–१९ संक्रमित बिरामीलाई रोक्नु रहेको छ । त्यसपछि अर्को प्राथमिकता भने यस महामारीलाई रोक्नु हुनेछ । ताकि मासिनलाई अस्पताल जानबाट रोक्न सकियोस् ।

मोडर्ना इन्कका अनुसार अन्तिम चरणको अध्ययनका लागि भ्याक्सिनको १ सय माइक्रोग्राम डोज तयार गरिएको छ । त्यस बाहेक कम्पनीले प्रत्येक वर्ष झन्डै ५० करोडको डोज आपूर्ति गर्नका लागि तयारीमा छ । कम्पनीले यो डोज स्विस ड्रगमेकर लोन्जासँग मिलेर तयार गर्नेछ ।

त्यस्तै चीनको बायोटेक कम्पनी सिनोवेकले ब्राजिलका मानिसमाथि भ्याक्सिनको अन्तिम परीक्षण गर्ने तयारी गरेको छ । ब्राजिल कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित मुलुकको दोस्रो स्थानमा छ । ब्राजिल सरकाले सिनोवेकले ब्राजिलका ९ हजार मानिसका लागि  भ्याक्सिनको परीक्षणका लागि डोज पठाउने घोषणा गरेको छ । यो परीक्षण आगामी महिलाबाट सुरु हुनेछ ।

साओ पाउलोका राज्यपाल जोआओ डोरियाका अनुसार यदि यो भ्याक्सिनले काम गर्यो भने यस भ्याक्सिनबाट ब्राजिलका लाखौं मानिसलाई सुरक्षित गर्नमा सहयोगी हुनेछ ।

विश्वभर कोभिड–१९ का कारण लगभग एक दर्जनभन्दा बढी सम्भावित भ्याक्सिनको परीक्षण प्रारम्भिक चरणमा छ । अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थले विभिन्न भ्याक्सिनको अन्तिम टेस्टिङ्ग र ठूलो परिमाणमा भइरहेको विभिन्न अध्ययनमा उल्लेख गरिएको छ । जुन सहयोगी हुन सक्छ । जसमा बेलायतको अक्सफोर्ड यूनिभर्सिटीद्वारा बनाइएको भ्याक्सिन पनि रहेको छ ।

भ्याक्सिन रिसर्च सेन्टरका सदस्य डाक्टर जन म्यास्कोलाले नेशनलर एकेडेमी अफ मेडिसिनको एक बैठकमा भने, ‘यदि सबै ठिक तरिकाले भयो भने यो वर्षको अन्त्यसम्ममा कोरोना विरुद्धको भ्याक्सिनमाथि काम गर्न सकिने अवस्थाको पत्ता लगाउन सकिन्छ ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts