प्रदेश २ मा एकैपटक ७६ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १५ जेठ । प्रदेश नम्बर २ मा एकैपटक ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सप्तरीमा ६ जना र रौतहमा ३ जना गरि ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश २ मा हालसम्म कै यो धेरै कोरोना संक्रमित संख्या हो । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ ।

यस्तै स्यांगजामा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  पोखराको प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा स्यांगजाका ३ जना व्यक्तिमा कोरोना पुष्टि भएको डा.बिनोद विन्दु शर्माले बताए ।

Last modified on 2020-05-28 09:15:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts