सरकारले जेठ ३२ सम्म थप्यो लकडाउन



Download our app to get more features

काठमाडौं, १७ जेठ । सरकारले मुलुकमा जारी लकडाउनको समयावधि जेठ ३२ गतेसम्मलाई थपेको छ ।

शनिवार साँझ बसेको मन्त्रीपरिषदको बैठकले कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या थपिँदै गएपछि सरकारले लकडाउनको समयावधि थप गरेको र आवश्यक परे सेना परिचालन गर्न सकिने निर्णय गरेको सरकारका एक मन्त्रीले बताए ।

यसैबीच भारतमा पनि जुन ३० सम्म लकडाउन थपिएको छ ।

Last modified on 2020-06-01 16:04:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts