राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५ जना स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकहित ६३ जना क्वारेन्टिनमा

आजदेखि प्रतिष्ठानकाे सेवा सुरू



Download our app to get more features

दाङ, ८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १२ जना चिकित्सक, ५१ जना स्वास्थ्यकर्मी र कर्मचारीसहित ६३ जना क्वारेन्टिनमा बसेका छन् ।

कोरोना संक्रमित व्यक्तिहरुको प्रत्यक्ष सम्र्पकमा आएका १२ जना चिकित्सक सहित ६३ जनालाई क्वारेन्टिनमा राखिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा कार्यरत पाँच जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टिनमा बसेका हुन् । कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

गत शुक्रवार प्रतिष्ठानमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानका अस्पताल निर्देशक, नर्सिङ इन्चार्ज, इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानले आकस्मिक कक्ष बाहेक सबै सेवा सनिवार र आइतवार बन्द गरेको थियो । २ दिन सेवा बन्द गरी प्रतिष्ठानले दुई सय २४ जना कर्मचारीको कोरोना परिक्षण गरेको छ ।

दुई सय २४ जना कर्मचारीको स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा आकस्मिक कक्षमा कार्यरत रोल्पा ७ का २५ वर्षिय कर्मचारीलाई आइतवार कोरोना संक्रमण पुष्टि भएको कामु रजिस्ट्रार कैलाश प्रसाद देवले बताए ।

यससँगै प्रतिष्ठानमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रतिष्ठानका एक स्वास्थ्यकर्मी सहित दाङमा आइतवार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस संख्या सहित दाङमा कोरोना संक्रमितको संख्या दुई सय ७२ पुगेको छ ।

आजदेखि प्रतिष्ठानको सेवा सुरु

आकस्मिक सेवा बाहेक दुई दिन सम्पूर्ण सेवा बन्द गरेको प्रतिष्ठानले आजदेखि बन्द भएको सेवा सुचारु गर्ने बताएको छ ।

कामु रजिस्ट्रार कैलाशप्रसाद देवका अनुसार ओपेडी सेवासहित ९ प्रकारका सेवा सुचारु गरिने छ । सुचारु हुने सेवामा आकस्मिक सेवा, मेडिसिन ओपीडी, इ.एन.टी, छाला तथा यौन रोग, रेडियोलोजी, डेन्टल, फिजियो थेरापी, बाल रोग र माइनर ओटी रहेका छन् ।

Last modified on 2020-06-22 07:49:47

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts