कालोबजारी गर्ने औषधि कम्पनीलाई कानुनी दायरामा ल्याउन फार्मेसी संघको माग 

What's This?


Download our app to get more features

चैत्र ३, काठमाडौं । नेपाल फार्मेसी संघले सरकारले तोकेको भन्दा बढी मुल्यमा औषधि बिक्री गर्ने फर्मास्युटिकल्सहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । 

कमसल औषधि उत्पादन गर्नुका साथै बढी मुल्य निर्धारण गरेर उपभोक्तामाथि ठगि गर्दै आएका फर्मास्युटिकल्सहरुलाई तत्कालै कानुनी दायरामा ल्याउन पनि संघले सरकारसँग माग गरेको छ । 

संघका महासचिव युवराज भुषालले सरकारी मापदण्ड बिपरीत अत्याधिक मुल्य निर्धारण   गरेर उपभोक्ता ठगि गर्ने कम्पनी तथा व्यवसायीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । 

‘सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी असुल्ने कम्पनीलाई कानुनी कारवाहीमा ल्याउनुपर्छ’ भुषालले हाम्रो डाक्टरसँग भने, ‘उपभोक्ता ठगि गरेर व्यक्ति नाफामा जाने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’

संघले औषधिजस्तो संवेदनशील विषयलाई सेवा भन्दा नाफा कमाउने प्रवृत्ति हावी भएकाले गुणस्तरहिन औषधि उत्पादन गरेर आफूखुशी मुल्य असुल्ने कम्पनीलाई निरुत्साहित गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । 

केही दिनअघि बजार अनुगनका क्रममा बढी मुल्य राखेर औषधि बिक्री गरेको भन्दै काठमाण्डौंका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको बजार अनुगमन टोलीले देउराली जनता फर्मास्युटिकल्स र लोमस फर्मास्युटिकल्सका सञ्चालकलाई पक्राउ गरेको थियो । 
 

Hamro Doctor
Last modified on 2016-03-17 12:15:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts