राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गल्ती, स्थानीय रातभर तनावमा



Download our app to get more features

दाङ, १२ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गले आईतवार साँझ बाँकेको राप्तीसोनारी गाउँपालिका–५ मा चार जना संक्रमितमा कोरोना पोजेटिभ आएको भन्दै प्रेस विज्ञप्ती जारी गर्यो । प्रतिष्ठानको प्रेस विज्ञप्तीका अनुसार भवनपुर माविबाट स्वाब परीक्षणका लागि पठाएको र उनीहरु मध्ये ४ जनामा संक्रमण देखिएको थियो ।
 
तर, वडा नं ५ मा हालसम्म कुनै पनि व्यक्तिको स्वाब नै परीक्षण गरिएको छैन । साथै प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसारको विद्यालय नै छैन । प्रतिष्ठानको गल्तीका कारण स्थानीय रातभर तनावमा भए । 

वडा नंं. ५ का अध्यक्ष झगरु थारुका अनुसार उक्त वडामा हालसम्म स्वाब नै परीक्षण गरिएको छैन । स्वाब नै परीक्षण नगरेको स्थानका कोरोना पोजेटिभ भनेपछि स्थानीय बासिन्दाले तनावमा रात काटेका छन् ।

अन्ततः प्रतिष्ठानले आज बिहान दोस्रो विज्ञप्ती निकाल्दै आइतवारकोे गल्ती सच्चाएको छ । प्रतिष्ठानका अनुसार आईतवार थपिएका संक्रमित राप्तीसोनारी ५ का नभई वडा नं. ७ का दुई जना १६, २३ वर्ष उमेर समुहका र दुधवा गाउँपालिका वडा नं. २ का दुई जना २३ र २४ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

Last modified on 2020-05-25 10:39:34

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts